बादल गएनन् प्रचण्डले बोलाएको सचिवालय बैठकमा

डिसी नेपाल
२१ कार्तिक २०७७ १६:२४

काठमाडौं। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थाप बादल अनुपिस्थत भएका छन्। पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैकठमा ९ सदस्यीय सचिवालयका ५ जनामात्र उपस्थित भएका छन्।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, महासचिब विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा बादल अनुपस्थित भएका हुन्। बैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उस्थिति रहेको एक सचिवालय सदस्यले जानकारी दिए।

यसअघि खुमलटारमा भएको अनौपचारिक भेलामा बादल उपस्थित भएका थिए। तर, शुक्रबार धुम्बाराही बैठकमा बादल अनुपस्थित हुनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ। सचिवालयमा अल्पमत परेपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक नै बोलाउन मानेका छैनन्। तर, कार्यकारी अध्यक्ष प्रचण्डले एकल रुपमा धुम्बाराहीमा बैठक बोलाएका हुन्।

खुमलटार बैठकमा बादल उपस्थित भएपछि ओली पक्षमा तीनजनामात्र देखिएका थिए भने अब बादलले पनि ओलीलाई साथ दिने संकेत देखिएको छ। बादललाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतल निवास बोलाएर प्रधानमन्त्रीलाई साथ दिन भनेकी थिइन्। शुक्रबार बादल धुम्बाराही नगएपछि राष्ट्रपतिसँगको भेटले काम गरेको रुपमा बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *