थप २९०९ जनामा कोरोना संक्रमण, ४ हजार ५ सय संक्रमणमुक्त, १८ को मृत्यु

डिसी नेपाल
२१ कार्तिक २०७७ १७:३४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५३ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ७७६ पुरुष र १ हजार १३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ पहजार ७० पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *