थप २७५३ जनामा कोरोना संक्रमण, १७ को मृत्यु

डिसी नेपाल
२२ कार्तिक २०७७ १६:२४

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितकाे संख्या ३५ हजार ४३५ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा २२ सय ६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *