घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते

सिमकोट । शुक्रबार हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घाइते भएका छन् । आज सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा उनी हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर सामान्य घाइते भएका हुन् ।
सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर उनी घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइतेभएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।
मुख्यमन्त्री शाहीलाई अहिल सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ । मुख्यमन्त्री शाही सँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Facebook Comment