थप २८१७ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

डिसी नेपाल
२३ कार्तिक २०७७ १६:२५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय १२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १०८ पुगेको छ। यस्तै हालसम्म एक हजार १४९ जना क्वारेन्टिनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *