सहमती हुन नसकेपछि काँग्रेस केन्द्रीय समितिको बैठक फेरी सर्यो

डिसी नेपाल
२३ कार्तिक २०७७ १९:००

काठमाडौं । यसअघी पटकपटक सर्दै आएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक यसपटक पनि सरेको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै बैठक कात्तिक २७ मा बस्ने गरी सारिएको जानकारी दिए ।

काँग्रेसका शीर्ष नेताबीच पार्टी केन्द्रीय विभागको गठन, क्रियाशील सदस्यताको वितरण, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका सम्बन्धमा सहमति हुन नसकेपछि चौथो पटक बैठक सारिएको छ ।

केही नेताहरुलाई कोरोना देखिएपछि असोज १९ मा तोकीएको बैठक असोज २५ का लागि सारिएको थियो । असोज २५ मा पनि केन्द्रीय समिति बैठक बस्न सकेन । त्यसपछि कात्तिक २१ मा बस्ने गरी बैठक बोलाइएको थियो ।

पार्टीमा सहमति नभएको भन्दै कात्तिक २१ का लागि बोलाइएको बैठक कात्तिक २४ का लागि सारिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *