थप २५७१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

डिसी नेपाल
२४ कार्तिक २०७७ १६:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १७ सय ९८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १२६ पुगेको छ। यस्तै हालसम्म ९६७ जना क्वारेन्टिनमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *