कोरोना संक्रमितले टेलिमेडिसिनका लागि यी चिकित्सकहरुसँग गर्न सक्छन् परामर्श
काठमाडौं। कोरोना संक्रमितले अब टेलिमेडिसिनका लागि चिकित्सकहरुसँग परामर्श गर्न सक्ने भएका छन्। सरकारले परामर्श दिने चिकित्सकहरुको सूचीसमेत प्रकाशित गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा एक एक वटा र केन्द्रमा एक कोरोना टेलिमेडिसिन हव सञ्चालनमा ल्याइएको जनाएको छ। मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै परामर्श दिने ८ जना चिकित्सकहरुको नामसमेत सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार डा. शरदचन्द्र बरालले गण्डकी प्रदेशको पोखराबाट परामर्श दिने छन्।
शेरबहादुर कमारले सेती प्रदेश अस्पताल धनगढीबाट, डा. प्रदीप अधिकारी र डा. कल्याण सापकोटाले भरतपुर अस्पताल चितवनबाट, डा. नवराज केसीले प्रदेश अस्पताल सुर्खेतबाट, विष्णुदत्त पौडेल र डा अच्यूत अधिकारीले वीर अस्पतालबाट, कोशी अस्पतालबाट डा. देनप्रसाद आचार्य र डा. प्रवीनकुमार झाले, लुम्बिनी प्रदेश अस्पताल बुटवलबाट डा. सुदर्शन थापा र सुरेन्द्र कुँवर तथा जनकपुर अस्पतालबाट डा. रामदेव चौधरीले परामर्श दिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले चिकित्सकहरुको मोबाइल नम्बर र इमेल आईडीसमेत दिएको छ।
Facebook Comment