बंगलादेशबाट रासायनिक मल किन्ने सरकारको निर्णय
काठमाडौं। सरकारले बंगलादेशबाट रासायनिक मल किन्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैगलादेशबाट जीटूजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल किन्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।
सरकारले यसअघि धानका लागि भन्दै बंगलादेशबाट पैँचोमा मल ल्याउने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बंगलादेशी समकक्षी शेख हसिना वाजेदसँग सो विषयमा कुरा पनि गरेका थिए। बंगलादेश पनि त्यतिबेला तयार भएको थियो। तर, हालसम्म पनि पैंचोको मल भने आउन सकेन। पैँचोको मल दिन बंगलादेशले आनाकानी गरेपछि खरिद गर्ने निर्णय गरिएको हो।
यो सिजन किसानले धानका लागि मल पाउन नसक्दा यो वर्ष धानको उत्पादन नै घट्ने प्रक्षेपण गरिएको छ। उता अब गहुँका लागि पनि मल आवश्यक पर्नेबेला भइसक्दा पनि मलको अभाव हुने देखिएपछि सरकारले जीटूजी प्रक्रियामार्फत मल किन्ने निर्णय गरेको हो।
Facebook Comment