तिहार बिदामा बैंकहरुका शाखा बन्द हुने
काठमाडौं। तिहारको सार्वजनिक बिदामा बैंकहरुका शाखा बन्द हुने भएका छन्। बैंकका कर्मचारीहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म शाखा बन्द गर्ने निर्णय गरेका हुन्।
सार्वजनिक विदामा समेत सीमित शाखा खोलेर सेवा दिने बैंकहरुले कोभिड महामारीका कारण ३६५ दिने सेवा र सन्ध्याकालीन काउन्टर समेत बन्द गर्दै आएका छन्।
यसअघि दशैं बिदाको अवधिमा पनि बैंकहरुले शाखा बन्द गरेका थिए। हालसम्म बैंकहरुका ६ हजार भन्दा बढी कर्मचारीलाई कोभिड संक्रमण भइसकेको छ।
नेपाल बैंकर्स संघले मंगलबार सूचना प्रकाशित गरी शाखाहरु बन्द भएपनि एटिएमलगायतका डिजिटल बैंकिङ सेवा सुचारु रहने जनाएको छ।
संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ।
Facebook Comment