ओली–प्रचण्ड बालुवाटारमा भेट, प्रचण्डद्वारा आफू निकट सचिवालय सदस्यसँग धुम्बाराहीमा छलफल

डिसी नेपाल
२५ कार्तिक २०७७ १५:५७

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक बोलाउने विषयमा छलफल भएको हो।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्। शुक्रबार प्रचण्ड आफू निकट चार जना सचिवालय सदस्यसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेपछि शनिबार प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन लिखित रुपमा आग्रह गरेका थिए।

तर ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गर्दै आएका छन्। ओली र दाहालबीच शनिबारपछि संसाद हुन सकेको थिएन। मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। पोखरेलसँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

ओलीसँगको भेटपछि प्रचण्ड पार्टी कार्यालय धुम्बाराही पुगेका छन्। प्रचण्डले आफू निकट सचिवालय सदस्यसँग छलफल गर्ने बताइएको छ। तर प्रचण्डको सचिवालयले भने धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको जिकिर गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *