माग पुरा नभए चिनियाँ नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले कुटनीतिक पहल मार्फत तातोपानी र केरुङ्ग नाका सहज गरिदिन सरकारसँग माग गरेका छन् । लकडाउन सुरु हुनुभन्दा अघीदेखि चिनियाँ नाकामा रोकिएका सामानहरु सहज रुपमा नेपाल भित्रने व्यवस्था गर्न महासंघले माग गरेको हो ।
महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले तत्कालै समस्या समाधान नगरे चिनियाँ नाकाहरुमा पुगेर धर्ना दिने चेतावनी समेत दिएका छन् ।
‘नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन्, तर दिनमा एक र बढीमा दुई वटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिनुमा नेपाल सरकारले कुटनितिक पहल कमजोर रहेको प्रष्ट हुन्छ ।’
लामो समयदेखि रहेको सिण्डिकेट समेत अन्त्य हुन नसकेको महासंघले उल्लेख गर्दै नाकाहरुमा पछिल्लो समय कन्टेनरको अत्यधिक भाडा वृद्धिसमेत भएको जनाएको छ ।
विज्ञप्ति:
Facebook Comment