थप १९१३ जनामा कोरोना पुष्टि, २३४९ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा २३ सय ४९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १८९ पुगेको छ। यस्तै हालसम्म ९७४ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment