बैतडी बस दुर्घटना अपडेट : मृत्यु हुने ९ मध्ये ६ जनाकाे सनाखत

डिसी नेपाल
२८ कार्तिक २०७७ १०:५०

काठमाडौं। बैतडी बस दुर्घटना परी मृत्यु हुनेमा ६ जनाको सनाखत भएको छ। कन्चनपुरको भीमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको दोगडाकेदार गाउँपालिकाका ६ का बस्ने प्रहरी जवान रण बहादुर चन्द रहेका छन्।

यस्तै, दार्चुलाको मालिकार्जुन गाउँपालिका डाडाकोटका जगन्नाथ ओझा, बैतडीको दोगडा केदार ६ सितडका कपिन्द्रप्रसाद जोशी, सोहि ठाउँका करन सिंह ऐडी, दार्चुला खरकडा बस्ने तर्कराज गिरीको पनि सनाखत भएको छ भने अन्य घटनास्तलमै मृत्यु भएका अन्य तीन जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो। सो दुर्घटनामा परी ४३ जना घाइते भएका छन्। दार्चुलाको गन्नाबाट कञ्चनपुर महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस गएराती दूर्घटना हुँदा १ महिला ७ पुरुष गरी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दूर्घटनामा परी बसका चालक तथा सहचालकसहित ३४ जना घाइते भएका छन्। घाइतेहरुमध्ये १० जनाको धनगढीमा रेफर भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकुश सिंहले बताए। उनका अनुसार अन्य २४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेहरुमा कञ्चनपुर बेलौरी नगरपालिका ७ का २४ वर्षीय बिमला कुवँर, उनका २ वर्षका छोरा नितेश कुवँर र भीमदत्त नगरपालिका ६ का २४ वर्षीय दिपा चन्द रहेका छन्।

यस्तै, भीमदत्त नगरपालिका १ बस्ने ३५ वर्षका नरेश पन्त, वडा नम्बर २ का २५ वर्षीय दशरथ गिरी, वडा नम्बर ६ का कौशल साउद, वडा नम्बर ८ बस्ने ३० वर्षीय कल्पना कार्की, शुक्लाफाँटा नगरपालिका ६ का ६५ वर्षीय नरमा देवी धामी, सोही ठाउँका ५५ वर्षीय हर्क बहादुर धामी र बेलडाँडी ३ का २२ वर्षीय नरेन्द्र सिंह साउद रहेका छन्।

यसैगरी, कैलाली गौरीगंगा नगरपालिकाका ११ का २५ वर्षीय बिरेन्द्र चौधरी, फुलबारीका २३ वर्षीय लोकेन्द्र बस्नेत, गोदावरी नगरपालिका २ का २९ वर्षीय यज्ञ राज कठायत, वडा नम्बर ३ का बेद प्रकाश धामी, फुलबारी १८ का ३५ वर्षीय दिनेश चौधरी, सोही ठाउँका २२ को बिसाल घर्तीमगर रहेका छन्।

यस्तै, बैतडी दोगडाकेदारका २२ वर्षीय बिमला बडु (जोशी), उनका २ वर्षीय छोरा सुशांक जोशी, दोगडाकेदार ७ का २७ वर्षीय अमृत बि।क, दोगडाकेदार गाउँपालिका ७ बस्ने बर्ष २८ को बीरेन्द्र कार्की, डिलासैनी १ का २० वर्षीय जनक धानुक, वडा नम्बर ४ का ३३ वर्षीय लोकेन्द्र बोहरा, वडा नम्बर ७ का २२ वर्षीय नितेश भट्ट, पुर्चौडीका २५ वर्षीय सुरज लुहार रहेका छन्।

यस्तै, दार्चुला सिप्टी ४ का पुरन टमटा, लेकम २ का ५९ वर्षीय बलदेब सिंह कार्की, काठमाडाैं बस्ने १९ वर्षीय अजी लामा, २२ वर्षकी अस्मिता बिष्ट, गोकर्णेश्वर ४ बस्ने २२ वर्षीय कर्णबहादुर बिष्ट, शैल्यशिखर नगरपालिका ८ का धन सिह खत्री, सोहि ठाउँका २७ वर्षीय रमेश खत्री, मार्मा गाउँपालिका २ का २४ वर्षीय जानकी सिंह, सोहि ठाँउका ३ वर्षीय सिम्रन सिंह र अछामको चौरपाटी ४ का २९ वर्षीय अमृत कुमाल रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *