अन्ततः बालुवाटारमा शुरु भयो नेकपा सचिवालय बैठक

डिसी नेपाल
२८ कार्तिक २०७७ १६:४८

काठमडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। बैठक बोलाउने विषयमा दुई अध्यक्षबीच सहमति नभएपछि ४० दिनपछि नेकपा सचिवालय बैठक बसेको हो।

मन्त्रिपरिषद् पुनःगठन, भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्रीको गोप्य भेट, राजदूत नियुक्तिका विषयमा छलफल गर्नुपर्ने भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचिवलाय बैठक बोलाउन माग गरेका थिए।

तर, सचिवलाय बैठक बस्नुअघि बहुमत सचिवालय सदस्यको गुट भेला गरेर बैठकको माग गरेको भन्दै ओलीले बैठक बोलाउन आनाकानी गरेका थिए। यहीबीचमा दुई अध्यक्षबीच भएको भेटमा ओलीले सहमितमै पार्टी विभाजन गरौं भन्ने प्रस्ताव गरेको प्रचण्डले आफू निकट नेताहरुसँग खुलासा गरेपछि नेकपामा तरंग आएको छ।

पार्टी विभाजनसम्म हुने नेताहरुले भनिरहेका बेला ओलीले भने पटक पटक बैठक बोलाउन सहमति दिएका थिएनन्। तर, बहुमत सचिवलाय सदस्यहरुले लिखित रुपमै बैठक बोलाउन माग गरेपछि ओली दबाबमा परेका थिए।

यही दबाबकाबीच प्रधानमन्त्री तथा अध्यक्ष ओली बैठक बोलाउन सहमत भएपछि शुक्रबार बैठक बसेको हो। यो बैठकमा दुबै पक्षले लिने रणनीतिले नेकपाको भविष्यलाई दिशा दिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *