अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग

डिसी नेपाल
२८ कार्तिक २०७७ १९:०८

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोरोना भाइरस ९कोभिड–१९)को उपचारमा थप सहयोग पु¥याउन अमेरिकी अन्तराष्ट्रिय विकास सहयोग नियोग (युएसएआइडीं)ले एक सय थान भेन्टिलेटर सहयोग गरको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गरे ।

सो अवसरमा मन्त्री ढकाल भने, “कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ । यसका लागि नेपाल सरकारको तर्फबाट अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्दछु ।” उनले विगतका पनि नेपाललाई अमेरिकाले महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग आजबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताए । उनले सात प्रदेशमा सात÷सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई÷ दुईवटाको दरले वितरण गरिने जानकारी दिए ।

सो अवसरमा अमेरिकी राजदूत बेरीले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिकी बिधि उपलब्ध गराउने कार्यमा प्रतिवद्ध रहेको बताए । नेपालमा अहिलेसम्म ९०० वटा भेन्टिलेटटर र करिव २ हजार ६०० सघन उपचार कक्ष (आइसियू)रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *