बैतडी बस दुर्घटनामा मृतकका आफन्तले बुझे शव

डिसी नेपाल
२९ कार्तिक २०७७ १८:२३

काठमाडौं। गएको बिहीबार राति बैतडीमा भएको बस दुर्घटनामा परि मृत्यु भएकाका आफन्तले शनिबार शव बुझेका छन्। बिहीबार राति १० बजेपछि बैतडीको पाटन नगरपालिका ८ को खोड्पेमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो।

जिल्ला अस्पताल बैतडीमा शुक्रबार शवको पोस्टमार्टम गरिएपछि शनिबार आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

मृत्यु हुनेमा३ जना दोगडाकेदार गाउँपालिका ६ का हुन् भने २ जना दार्चुलाका , २ जना कैलाली र २ जना कञ्चनपुका हुन्। घाइते भएका चालकलाई अस्पतालले डिस्चार्ज गरेपछि प्रहरीले पक्राउ गरेको छ। चालक वीरेन्द्र कार्कीलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति दुर्घटनामा परेको थियो।

घटनामा ३४ जना घाइते भएका थिए। घाइते मध्ये २२ जनाको डडेल्धुरा अस्पताल र १२ जनाको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *