बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण
काठमाडौँ । बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले सातै प्रदेशका जनप्रतिनिधि, बाल क्लब, सञ्जाल र साझेदार संस्थाका प्रतिनिधिलाई बालबालिकाका लागि बालमैत्री स्थानीय शासनसम्बन्धी भर्चुअल अभिमुखीकरण गरेको छ ।
कार्यक्रममा बाल सहभागिता र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका साथै अन्य सीमान्तकृत बालबालिकालाई बालमैत्री स्थानीय शासनको अवधारणामा मूलप्रवाहीकरण र समावेशीकरणका विषयबारे प्रस्तुति गरिएको थियो ।
मञ्चका संयोजक तिलोत्तम पौडेलले बालमैत्री स्थानीय शासन बाल सहभागितासहित बालबालिकाको अधिकार प्रभावकारी र दीर्घकालीन रुपमा स्थापित गर्ने पद्धति भएकाले यसमा सरोकार भएकाहरु सुसूचित हुनुपर्ने बताए।रासस
प्रतिक्रिया
Facebook Comment