गाई चुनाव चिह्न छोडेकोमा कमल थापालाई पछुतो

डिसी नेपाल
३० कार्तिक २०७७ १६:२४

काठमाडौं। शनिबार गाई तिहार। राष्ट्रिय प्रजातान्कि पार्टी (राप्रपा)को कुनै बेलाको चुनाव चिह्न पनि गाई। शनिबार राप्रपाका अध्यक्ष कमल थापाले गाई पूजा गरेको तस्वीरसहित एक स्टाटस सामाजिक सञ्जालमा पोस्ट गर्दा उनले राजनीतिक रंगसमेत मिसाएका छन्।

कमल थापाले गाई चुनाव चिह्न गुमाउनुपरेको भन्दै यसमा पीडा बोध भएको उल्लेख गरेका छन्। दोस्रो संविधानसभा चुनावमा गाई चिह्न लिएर चुनाव लडेको राप्रपाले ३४ सिट समानुपताकिमा जित्न सफल भएको थियो।

तर, तीन टुक्रा भएको राप्रपाबीच एकीकरण हुँदा हाल राप्रपाको चुनाव चिह्न हलो भएको छ। अध्यक्ष थापाले गाई चिह्नका लागि पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई मनाउन नसकेको भन्दै पीडा बोध भएको जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *