जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय १६ जना पक्राउ

डिसी नेपाल
३० कार्तिक २०७७ १७:१२

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट प्रहरीले १ सय १६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ तल्लो भंगाल थापागाउँ बस्ने पुष्कर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुश खड्का सहित २४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २४ हजार ५ सय रुपैयाँ, १६ थान कौडा र ६ बुक तास सहित पक्राउ गरेको हो ।

सुर्खेत पञ्चपुरी नगरपालिका २ श्रीचौर बस्ने जनक शर्माको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने ३१ वर्षीय रमेश बोहरा लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सालकोट सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २१ हजार ६ सय ७० रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत बीरेन्द्रनगर नगरपालिका ४ गौरी टोल बस्ने रञ्जन शाहीको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिक  ६ बस्ने २७ वर्षीय दिपेन थापा लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २२ हजार ३ सय ४३ रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।

तनहुँ भानु नगरपालिका १२ मिर्लुङ कवाचित बस्ने उमेश अधिकारीको कटेजमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ७५ हजार ६ सय ३० रुपैयाँ, १६ थान कौडा, २ वटा चकटी, १ वटा त्रिपाल, २ वटा गुन्द्री, १ वटा काम्लो, १ वटा नाङलो र १ थान सुनको जस्तो देखिने पहेंलो धातुको औंठी सहित पक्राउ गरेको हो ।

पर्वत कुश्मा नगरपालिका ४ बस्ने चन्द्र पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय थानेश्वर पौडेल समेत ४ जनालाई नगद ३ लाख ४८ हजार ५५ रुपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो

गोरखा गाउँपालिका ७ खहरे बस्ने धन बहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय प्रेम बहादुर गुरुङ लगायत ३४ जनालाई नगद १ लाख ७५ हजार ७ सय ३५ रुपैयाँ र १६ थान कौडा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर त्रियुगा नगरपालिका १० करमगाछी बस्ने प्रेम भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका ११ बस्ने ४० को मन्दिप राई लगायत ९ जनालाई नगद २ लाख ४७ हजार १ सय १७ रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका(३ दैजी बजार बस्ने ३२ वर्षीय अर्जुन भण्डारीको भण्डारी सेकुवा सेन्टरको छतमा तास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई नगद २ लाख २२ हजार ४ सय ८५ रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबार खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *