विश्वभरमा कोरोना : २४ घण्टामा करिव ५ लाख संक्रमित थपिए, संक्रमितको संख्या साढे ५ करोड
काठमाडौं। विश्वमा करिव ५ लाख संक्रमित गत २४ घण्टामा थपिएका छन्। वल्र्डोमिटरको तथ्यांकअनुसार गत २४ घण्टामा ४ लाख ९८ हजार ९ सय कोरोनाका संक्रमितहरु थपिएका हुन। योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख ३५ हजार १३ पुगेको छ।
हालसम्म विश्वभरमा १३ लाख ३१ हजार ६ सय ९७ कोरोना संक्रमितको ज्यान गएको छ भने गत २४ घण्टामा मात्र ७ हजार २ सय ६० जनाले कोरोनाका कारण ज्यान गुमाउनु प¥यो। यस्तै, कोरोनाका ३ करोड ८४ लाख ८१ हजार ७ सय ६६ संक्रमितहरु निको भएको पनि वल्र्डोमिटरको तथ्यांकले जनाएको छ। तथ्यांकका अनुसार हालसम्म १ करोड ५५ लाख २१ हजार ५ सय ५० सक्रिय संक्रमितहरु रहेका छन्।
गत २४ घण्टामा कोरोनाका १ लाख ५७ हजार ६ सय ९० संक्रमितहरु अमेरिकामा थपिएका छन्। अमेरिकामा सबैभन्दा बढी १ करोड १५ लाख ३३ हजार ५ सय ९८ जना कोरोनाका संक्रमितहरु रहेका छन्। जसमध्ये १२ लाख ५२ हजार ६ सय ३१ जना कोरोना संक्रमितले ज्यान गुमाईसकेका छन्। हालसम्म ७० लाख १८ हजार ४ सय ७४ जना संक्रमितहरु संक्रमण मुक्त भएका छन। भने, ४२ लाख ६२ हजार ४ सय ९३ कोरोनाका सक्रिय संक्रमितहरु अमेरिकामा रहेका छन्।
भारतमा निके हुनेको संख्या उच्च रहेको छ । ८८ लाख ७३ हजार ९ सय ९४ कोरोनाका संक्रमित रहेको भारतमा ८२ लाख ८७ हजार ९ सय ३० जना कोरोनाका संक्रमितहरु निको भइसकेका छन्। हालसम्म भारतमा १ लाख ३० हजार ५ सय ५२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने, ४ लाख ५५ हजार ५ सय १२ कोरोनाका सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा भने २८ हजार ३ सय ७७ जना कोरोनाका संक्रमितहरु थपिएका छन।
गत २४ घण्टामा इटालीमा २७ हजार ३ सय ५४, रसियामा २२ हजार ७ सय ७८, यूकेमा २१ हजार ३ सय ६३ र पोल्याण्डमा २० हजार ८ सय १६ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। यस्तै, जर्मनीमा १४ हजार ५ सय ८२, ब्राजिल र इरानमा १३ हजार बढी, स्वीजरल्याण्ड र स्पेनमा १२ हजार बढी, यूक्रेन र फ्रान्समा ९ हजार बढी, अर्जेन्टिनामा ७ हजार ८ सय ९३ र हंगरी, कोलोम्बिया, क्यानडामा ६ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।
Facebook Comment