मोडर्नाको भ्याक्सिन किन फाइजरको भन्दा राम्रो ? यी हुन् ५ कारण

डिसी नेपाल
२ मंसिर २०७७ ११:१७

काठमाडौं। अमेरिकी कम्पनी मोडर्नाले सोमबार आफ्नो कोरोना भ्याक्सिन फेज ३ ट्रायलको प्रारम्भिक नतिजामा ९४.५ प्रतिशत प्रभावकारी भएको बताएको छ । यसको ठिक एक हप्ता अघि अघिल्लो सोमबार अमेरिकी कम्पनी फाइजरले पनि आफ्नो भ्याक्सिनको फेज ३ ट्रायलको नतिजामा भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको पाइएको बताएको थियो । मोडर्नाको घोषणासँगै कैयौं रिपोर्टमा मोडर्नाको भ्याक्सिनलाई फाइजरको भ्याक्सिनभन्दा राम्रो बताइएको छ ।

१. नयाँ प्रविधिबाट बनाइएको भ्याक्सिन

मोडर्नाको भ्याक्सिन नयाँ प्रविधि मेसेन्जर एमआरएनएमा आधारित छ । एमआरएनए प्रविधिले मानव शरीरलाई भ्याक्सिन कारखानामा परिणत गर्छ । यो भ्याक्सिनले शरीरका कोषहरुलाई भाइरस प्रोटिन बनाउन प्रेरित गर्छ ।

२. मोडर्नाको भ्याक्सिन भण्डार गर्न सजिलो

मोडर्नाका अनुसार यो भ्याक्सिनलाई ३० दिनसम्म सामान्य फ्रिजको तापक्रममा राख्न सकिन्छ । ६ महिनासम्म भण्डारण गर्नको लागि माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । तर, फाइजरको भ्याक्सिन भने केवल ५ दिन मात्रै सामान्य फ्रिजको तापक्रमम सुरक्षित रहन सक्छ । लामो समय भण्डार गर्न र ओसारपसार गर्न भने यसलाई माइनस ७० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । यही कारण मोडर्नाको भ्याक्सिन भण्डार गर्न र ओसारपसार गर्न सजिलो छ ।

३. भ्याक्सिन लगाएपछि संक्रमित भए पनि बिरामी हुँदैनन्

मोडर्नाको भ्याक्सिनको अन्तरिम डाटाका अनुसार अहिलेसम्म केवल ९५ जना संक्रमित पाइएका छन् । यीमध्ये ५ जना मात्रै यस्ता थिए जसलाई भ्याक्सिन दिइएको थियो अरु सबैलाई प्लेसेबो दिइएको थियो । २८ दिनको अन्तरमा भ्याक्सिनको २ डोज दिएपछि केवल ५ जना संक्रमित भए । ट्रायल डाटाका अनुसार भ्याक्सिन लगाएपछि पनि संक्रमित भएकाहरु कोही पनि गम्भीर बिरामी भएनन् । फाइजरको भ्याक्सिनको हकमा भने त्यो भ्याक्सिन लगाएपछि गम्भीर बिरामी हुन्छन् कि हुँदैनन् भन्ने थाहा भइसकेको छैन ।

४. मोडर्नाले यही वर्ष आपूर्ति सुरु गर्न सक्छ

मोडर्नाको ट्रायलमा सहभागी भएर संक्रमित भएका ९५ जनाको विश्ल्ेषण गर्दा केवल ११ जना गम्भीर बिरामी भएको पाइयो । यी सबै ११ जनालाई भ्याक्सिन नभइ नुनिलो पानीको सामान्य प्लेसेबो लगाइएको थियो । अर्थात भ्याक्सिन लगाएका कोही पनि गम्भीर बिरामी भएनन् । मोडर्ना अमेरिका सरकारको अपरेशन वार्प स्पिडको अंग हो जो छिटो भ्याक्सिन तयार गर्न अमेरिकाले सुरु गरेको थियो । मोडर्नाले यही वर्ष अमेरिकाको लागि २ करोड डोज भ्याक्सिन आपूर्ति गर्न सक्छ । कम्पनीले २०२१ मा अमेरिका र विश्वका अन्य ठाउँको लागि भ्याक्सिनको ५० करोडदेखि १ अर्बसम्म डोज उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

५. कुनै पनि अन्य भ्याक्सिनभन्दा धेरै प्रभावकारी

फाइजरले आफ्नो भ्याक्सिन फेज ३ ट्रायलको सुरुवाती नतिजामा ९० प्रतिशत प्रभावकारी रहेको बताएको छ । रुसी भ्याक्सिन स्पुतनिक भीको सीमित डाटा मात्रै सार्वजनिक गरिएकोले यो भ्याक्सिन प्रभावकारी भएकोमा प्रश्न उठ्दै आइरहेको छ । ११ नोभेम्बरमा रुसले स्पुतनिक भीको फेज ३ ट्रायलको प्रारम्भिक नतिजामा यो भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । मोडर्नाको भ्याक्सिन भने यीभन्दा बढी ९४.५ प्रतिशत प्रभावकारी पाइएको छ । चीनमा पनि ४ भ्याक्सिन फेज ३ ट्रायलमा छन् तर उनीहरुको नतिजा सार्वजनिक गरिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *