के भाेलिको नेकपा बैठक सर्छ ?, झलनाथ खनाल भन्छन्ः बैठक सार्ने अधिकार कसैलाई छैन

डिसी नेपाल
२ मंसिर २०७७ १७:३४

काठमाडौं। सत्तारुढ दल नेकपामा स्थानापना कालदेखि शुरु भएको विवाद यतिबेला चरमोत्कर्षमा छ। गएको शुक्रबार सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नै नरहेको सामन्ती रहेको भनेर प्रस्तुत गरिएको प्रतिवेदनले नेकपाको विवादलाई चरमोत्कर्षमा पुर्याएको छ। शुक्रबार नै तय गरिएको भोलि (बुधबार)को बैठक के हुन्छ ? भन्ने चासो यतिबेला सबैतिर छ।

शुक्रबार यता मंगलबार बेलुकासम्मको खुमलटार र बालुवाटारणको रणनीति हेर्दा बुधबारको बैठक सहज वातावरणमा नहुने देखिएको छ। ओली पक्ष बुधबारको बैठक सार्ने पक्षमा छ भने प्रचण्ड पक्ष बैठक तय गरिएकै समयमा गर्ने पक्षमा छ। यहीबीचमा ओलीले महासचिब विष्णु पौडेलमार्फत बुधबारको बैठक सार्न प्रचण्डलाई प्रस्ताव पठाएको तर, प्रचण्डले अस्वीकार गरेको खबरहरु प्राप्त भएका छन्।

प्रचण्ड निवास खुमलटार र प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँजसो भेटघाट र छलफल चलिरहेका छन्। भाइटीकाका दिन सोमबार पनि बालुवाटा र खुमलटार आन्तरिक छलफलमै व्यस्थ रहे।

मंगलबार बिहानैबाट नेताहरुको दौडधुप जारी छ। यो समाचार तयार पार्दासम्म पनि नेताहरु दौडधुपमै व्यस्थ छन्। मंगलबार बिहान महासचिब पौडेल ओलीको सन्देश बोकेर खुमलटार पुगे र खुमलटारको जवाफ लिएर बालुवाटार छिरे।

त्यसपछि खुमलटारमा प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। उता सोही समयमा बालुवाटारमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिब विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र गण्डकीका मुख्यमन्त्री पृथ्र्वी सुब्बा गुरुङबीच छलफल भएको छ।

मंगलबार साँझ डिसी नेपालले वरिष्ठ नेता झलनाथ खनालसँग बुधबारको बैठकबारे सोधिएको प्रश्नमा उनले भने, ‘भोलीको बैठक बस्छ। सर्वसम्मतीले बोलाएको बैठक रोक्ने अधिकार कसैलाई छैन। कस्ले रोक्ने बैठक?’

प्रचण्डले एकलरुपमा राजनीतिक प्रवितेदन पेश गरेपछि ओली पक्ष आक्रोशित छ। ओली निकटका नेताहरुले सामाजिक सञ्चालमार्फत सो प्रतिवेदनप्रति आक्रोश पोखिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *