भेरी अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

डिसी नेपाल
२ मंसिर २०७७ २०:४२

बाँके । कोरोना सङक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको आज मृत्यु भएको छ ।

सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका–१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो ।
उनलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।

उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *