पूर्व निर्वाचन आयुक्तको बिरालो भेटिएन, दिवाली रद्द गरेर गोरखपुरमै बास, पुरस्कार बढाइयो

डिसी नेपाल
३ मंसिर २०७७ १०:४७

काठमाडौं। निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माको हराएको बिरालो अझै भेटिएको छैन । आयुक्त शर्मा गएको बुधबार नेपालबाट दिल्ली जाने क्रममा उनको बिरालो गोरखपुर रेलवे स्टेशनमा हराएको थियो । पूर्व आयुक्त शर्माले दिल्ली जाने क्रममा बिरालो साथमा लिएर गएकी थिइन् । बिरालो हराएपछि गोरखपुर रेलवे प्रशासनले बिरालाको खोजीको धेरै प्रयास गरेको तर बिरालो नभेटिएको भारतीय दैनिक अखबार हिन्दूस्तानले लेखेको थियो ।

बिरानो नभेटिएपछि पूर्व आयुक्त शर्माको दिवालीको कार्यक्रम रद्द भएको छ । उनी दिवाली मनाउनको लागि दिल्ली जाने कार्यक्रम थियो । तर, बिरालो नभेटिएपछि उनको दिल्ली जाने कार्यक्रम रद्द भएको र उनी बिरालो खोज्दै गोरखपुरमै बसेको भारतीय दैनिक अमर उजालाले लेखेको छ । अमर उजालाका अनुसार उनी गोरखपुर रेलवे स्टेशनका विभिन्न क्षेत्रमा भौंतारिँदै बिरालो खोजिरहेकी थिइन् ।

२०६९ सालदेखि २०७५ सम्म ६ वर्ष नेपालकी निर्वाचन आयुक्त रहेकी ईला शर्माको भारतीय नागरिकसँग विवाह भएको हो । उनका श्रीमान एसवाइ कुरैशी पनि भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त हुन् । ईला शर्मा बुधबार नेपालबाट गोरखपुर पुगेकी थिइन् । यहाँबाट उनी रेलमा दिल्ली जानुपर्ने थियो तर जंक्सनको प्लेटफर्म नम्बर ६ बाट उनको बिरालो हरायो । बिरालोको नाम हिवर रहेको बताइएको छ ।

बिरालो हराएपछि निकै भावुक भएकी पूर्व आयुक्त शर्माले तत्कालै बिरालोको फोटोसहितको पोस्टर बनाएर गोरखपुर रेलवे स्टेशनका विभिन्न ठाउँमा टाँसेकी थिइन् । पोस्टरमा मोवाइल नम्बरका साथै बिरालो भेट्टाउनेलाई ११ हजार भारु पुरस्कारको घोषणा गरिएको थियो । टाइम्स अफ इण्डियाका अनुसार बिरालो नभेटिएपछि उनले पुरस्कारको राशी बढाएर १५ हजार भारु बनाएकी छिन् ।

पूर्व आयुक्त शर्मा र उनका छोराछोरी बिरालो हराएपछि निकै चिन्तित छन् । शर्माका अनुसार उनको पूरै परिवारले हिवर नामको बिरालोलाई निकै प्रेम गर्छन् । यो बिरालो वन विभागबाट प्रतिबन्धित नभएको बताउँदै शर्माले आफूले राखेको ११ हजार रुपैयाँको पुरस्कार निकै कम भएको र यसको लागि अझै ठूलो पुरस्कारको घोषणा गर्न सक्ने बताएकी छिन् । लगत्तै उनले पुरस्कारको राशी पनि बढाइन् । अहिलेसम्म बिरालो भेटिएको बारे कुनै जानकारी पप्त भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *