जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २५ जना पक्राउ

डिसी नेपाल
३ मंसिर २०७७ १५:५९

काठमाडौं । जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट प्रहरीले २५ जनालाई पक्राउ गरे्को छ।

बागलुङ, बागलुङ नगरपालिका ३ गुठीस्थित अमिना होटलमा तास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने बस्ने ५० वर्षीय हिरा थापा लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ४ सय ७५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँ, बन्दीपुर गाउँपालिका १ छापस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण कपाली लगायत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५५ हजार ५ सय ५० रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका ४ बस्ने रबिन्द्र प्रताप सेनको घरमा जुवातास खेलिरहेको अवस्थामा सेन लगायत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ११ हजार ६ सय १३ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीलृे जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *