६७३१ पीसीआर परिक्षण गर्दा १४४२ जना संक्रमित थपिए, थप १२ जनाको मृत्यु

डिसी नेपाल
३ मंसिर २०७७ १६:२७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११२ नमुना परीक्षण गर्दा थप १ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३५ सय ३८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।

यस्तै हालसम्म ९१० जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परिक्षण भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *