नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार बढी, कहाँ कति (विवरणसहित)
काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३५ सय ३८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २५९ पुगेको छ।
यस्तै हालसम्म ९१० जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख २३ हजार ७५४ जनाको पीसीआर परिक्षण भएको छ ।
नेपालमा कोरोनाबाट निको हुने दर ८५.८ प्रतिशत रहेको छ।
यस्तो छ मन्त्रालयको विवरणः
प्रतिक्रिया
Facebook Comment