१८ वाणिज्य बैंकको नाफा घट्यो
काठमाडौंं। चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमै १८ वाणिज्य बैंकको नाफा घटेको छ। कोभिड महामारीका कारण बैंकहरुको व्यवसाय विस्तारमा प्रभाव पर्नुका साथै खराव कर्जा वृद्धि भई जोखिम व्यवस्था वापतको रकम बढेपछि नाफामा असर गरेको हो।
बैंकहरुले प्रकाशित गरेको प्रथम त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण अनुसार ९ वटा बैंकको मात्र नाफा बढेको छ। यसअघि उच्च नाफा कमाउने बैंकहरुको पनि नाफामा कमी आएको छ।
असोजसम्ममा एनएमवी, प्राइम कमर्सियल, सिटिजन्स, नेपाल बंगलादेश, ग्लोवल आइएमई, मेगा, प्रभु, कुमारी र एनआइसी एसियाको नाफा मात्र बृद्धि भएको छ।
गत वर्ष उच्च नाफा कमाउने ठूला बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नविल, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक, एभरेष्ट, हिमालयन जस्ता बैंकहरुको नाफा पनि प्रभावित भएको छ।
यस अवधिमा नाफा सबैभन्दा बृद्धि गर्नेमा एनएमबी बैंक रहेको छ भने बढी घाटा व्यहोर्ने बैंकमा नेपाल एसबीआई बैंक रहेको छ।
एमएमवीको नाफा १६८ प्रतिशतले बढ्दा एसबीआईको नाफा ५४.१४ प्रतिशतले घटेको छ।
Facebook Comment