कोरोनाविरुद्धको खोपः कुन खोप कहिले आउँछ, कसरी पाइन्छ ?

डिसी नेपाल
४ मंसिर २०७७ २१:४०

काठमाडौं। गएका दुई हप्तामा फाइजर बायोएनटेक र मोडर्ना दुबैले आफ्नो कोरोना खोपको निकै सफल परीक्षणको घोषणा गरेका छन्। अन्य खोपहरुमा काम भइरहेको छ। जबकी तेस्रो महत्वपूर्ण परीक्षण बेल्जियमको कम्पनी जोनसेनले बेलायतमा गरिरहेको छ।

कोरोना भाइरसबाट मानिसहरुले सामान्य जीवन यापन गर्न खोपको आवश्यकता छ। अझै पनि ठूलो संख्यामा मानिसहरु कोरोना भाइरस संक्रमणको जोखिममा छन्। नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या दुईलाख नाघिसकेको सरकारी तथ्यांकले देखाएको छ, जबकी मृतकको संख्या १५ सय पुग्नै लागेको छ।

यद्यपी मृतकको संख्यामा सरकारी र वास्ताविक तथ्यांकमा फरक रहेको तथ्यहरुले देखाउँछ। हालका दिनहरुमा हामीहरुले हाम्रो जीवनशैलीमा केही परिवर्तन गरेर कोरोनाविरुद्ध लडिरहेका छौं। मुखमा मास्क एक उदाहरण हो। खोपका साथै राम्रो उपचार नै कोरोना भाइरस महामारीबाट मुक्त हुने महत्वपूर्ण रणनीति हो।

फाइजर बयोएनटेक त्यो औषधि कम्पनी हो जसले सबैभन्दा पहिला आफ्नो खोपको अन्तिम परीक्षण भएको जानकारी दिएको छ। फाइजरका अनुसार सो कम्पनीको खोप ९० प्रतिशत मानिसहरुलाई कोभिड १९ बाट बचाउन सक्छ। करिब ४३ हजार मानिसहरुमा गरिएको यो खोपको परीक्षणमा कुनै सुरक्षा समस्या देखिएन। मोडर्नाले आफ्नो खोपको परीक्षण अमेरिकामा ३० हजार मासिनहरुमा गरिरहेको छ। यी मध्ये आधा मानिसहरुलाई डमी खोप दिइएको छ। यसका अनुसार यो खोप ९४.५ प्रतिशत प्रभावकारी दिएको छ।

यसका साथै स्पुतनिक भी नाममा जुन तथ्यांक सार्वजनिक गरिएको छ, त्यो झन उत्साह बढाउने किसिमको छ। तेस्रो चरणको अन्तिम नतिजाअनुसार रुसी अध्ययनकर्ताहरुले यो खोप ९२ प्रतिशत प्रभावकारी भएको बताएका छन्।

आगामी हप्ता र महिनाको समयमा आधुनिक परीक्षणमा काम गरिरहेका अन्य टीमबाट पनि परीक्षण नतिजा आउने आशा छ। जोनसेनको परीक्षणमा बेलायतबाट ६ हजार मानिसहरुलाई सहभागी गराईँदै छ। अन्य देश पनि यो कोसिसमा सहयोग गरिरहेका छन् र परीक्षणमा सहभागीको संख्या ३० हजार पुर्याउँदैछन्।

कम्पनीले पहिला नै ठूलो संख्यामा एक परीक्षण गरिसकेको छ। जसमा स्वयमसेवकलाई खोपको एक खुराक दिइएको छ। हाल कम्पनीले डबल डोजमा के धेरै प्रभावकारी हुन्छ ? भनेर परीक्षण गरिरहेको छ। अन्य कैयौ खोप पनि आफ्नो अन्तिम परीक्षणमा छन्। यसमा चीनको वुहान इन्स्टीट्यूट अफ बायोलोजिकल प्रोडक्ट्स एण्ड साइनोफार्मा, रुसको मस्कोस्थित गेमालेया रिसर्च इन्स्टीट्यूट अफ एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजी छन्।

तर चीनको कम्पनी सिनोभ्याकमा विकसित एक खोपको ब्राजीलमा भइरहेको परीक्षणमा एक गम्भीर घटनाको हवलदा दिँदै रोक लगाइएको छ। जसमा एक स्वयमसेवकको मृत्यु भएको थियो।

खोपको उद्देश्य हाम्रो प्रतिरक्षा प्रणालीलाई नोक्सान नगरेर कोरोना भाइरसको केही अंगलाई क्षति गर्नु हो। यसले हाम्रो प्रतिरक्षा प्रणालीमा आक्रमण गर्ने भाइरसको पहिचान गर्दै यसविरुद्ध लड्न सिकाउँछ। यो कैयौं तरिकाबाट गर्न सकिन्छ। फाइजर बायोएनटेक र मोडर्नाले जो विकसित गरेका छन्, त्यसलाई आरएनए खोप भनिन्छ। यो प्रयोगतात्मक दृष्टिकोण अपनाउँछ। यसमा भाइरसको अनुवांशिक कोडलाई मानिसको शरीरमा पठाइन्छ र यसका माध्यमबाछ प्रतिरक्षा प्रणालीलाई यसविरुद्ध लड्न तयार पारिन्छ।

जोनसेनको खोपमा कोमन कोल्ड भाइसको उपयोग गरिएको छ। जसमा अनुवांशिक पसरवर्तन गरिएको छ। किनकी मानिसको शरीरमा कुनै नोक्सानी नहोस र मोलिक्यूलर स्तरमा यो कोरोना भाइरस जस्तै होस। यसबाट कोरोना भाइरसको पहिचान गर्न र त्यसविरुद्ध लड्न प्रतिरक्षा प्रणालीलाई सहज होस।

यस्तै अक्सफोर्ड र रुसको खोपले पनि नोक्सानी नगर्ने भाइरस लिएका छन्। जसमा चिम्पान्जीहरु संक्रमित हुन्छन् र त्यसमा अनुवांशिक परिवर्तन गरेर त्यसलाई कोरोना भाइरस जस्तै बनाइएको छ, ताकि शरीरमा यसको प्रतिक्रिया हेर्न सकियोस।

चीनमा बनिरहेको खोपमा वास्ताविक भाइरसको प्रयोग भइरहेको छ, तर त्यसको दुर्बलअवस्थाको प्रयोग गरिएको छ। किनकी यसबाट कोरोना भाइरस संक्रमण हुन सक्दैन। यहाँ बुझ्नुपर्ने कुरा के छ भने, कुन खोप सबैभन्दा राम्रो हुन्छ।

फाइजरले यो वर्षको अन्तसम्म संसारमा ५ करोड खुराक र २०२१ को अन्तसम्म करिब १३० करोड खुराक आपूर्ति गर्न सक्षम हुने बताएको छ। बेलायतलाई २०२० को अन्तसम्म एक करोड खुराक आवश्यक छ। उसले तीन करोड खुराकको पहिला नै अर्डर दिइसकेको छ। एस्ट्राजेन अक्सफोर्डले मात्र बेलायतमा आफ्नो खोपको १० करोड खुराक उपलब्ध गराउने बताएको छ।

संसारका ६० देखि ७० प्रतिशत मानिसहरुमा खोप लगाउने हो भने कोरोना भाइरसको महामारीबाट मुक्त भइने जानकारहरु बताउँछन्। जानकारहरुका अनुसार खोपले वृद्ध मानिसहरुमा त्यति काम गर्दैन। किनकी वृद्ध मानिसहरुमा प्रतिरक्षाा प्रणाली कमजोर हुन्छ। खोपले प्रतिरक्षा प्रणालीलाई कोरोना भाइरसविरुद्ध लड्न सिकाउँछ। (एजेन्सीको सहयोमा)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *