देशभर १९४५ जना संक्रमित थपिए, ५३६४ जना निको, कहाँ कति (तथ्यांकसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३४० नमुना परीक्षण गर्दा थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५३ सय ६४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २९८ पुगेको छ।
यस्तै हालसम्म ७५३ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ४३ हजार ८९९ जनाको पीसीआर परिक्षण भएको छ ।
तथ्यांक:
प्रतिक्रिया
Facebook Comment