मापदण्ड पूरा नगर्ने ४ ल्याबलाई २४ घण्टे स्पष्टीकरण, विदेश जानेले विशेष ल्याबबाटमात्र परीक्षण गर्नुपर्ने
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको पीसीआर परीक्षणमा आवश्यक मापदण्ड पूरा नगरेको भन्दै चारवटा निजी प्रयोगशालालाई २४५ घण्टे स्पष्टीकरण सोधेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधिएको जानकारी दिए।
उनले भने, ‘पोजेटिभ रिपोर्ट आएको नमुना कम्तिमा ३ महिना र नेगेटिभ रिपोर्ट आएको नमुना कम्तिमा १ महिना स्टोर गर्नुपर्नेमा यी ल्याबले सो मापदण्ड पूरा नगरेकोमा स्पष्टीकरण गर्ने निर्णय भएको हो।’
जापान, हङकङलगायतका मुलुकमा नेपालबाट कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट आएर गएकाहरुमा ती देशहरुमा फेरि परीक्षण गर्दा पोजेटिभ आएपछि नेपाल वायु सेवाको उडानलाई नै निलम्बन गरिएको थियो। त्यसपछि मन्त्रालयले यो विषयमा छानविन गर्न समिति गठन गरेको थियो। छानविन समितिको सिफारिसका आधारमा यी प्रयोगशालाहरुलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता गौतमले अब विदेश जानेहरुले कोरोना परीक्षणका लागि नेपाल सरकारले ए लेभल तोकेको प्रयोगशालाबाटमात्र परीक्षण गराउने निर्णय भएकोसमेत बताए। यस्तै प्रयोगशालाले आन्तरिक क्वालिटी कन्ट्रोलका लागि आवश्यक मापदण्डसमेत बनाउनुपर्ने निर्णय गरिएको छ।
Facebook Comment