नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार बढी, कहाँ कति ? (तथ्यांकसहित)
काठमाडौं । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ । पछिल्लो २४ घण्टामा ५६ सय ९९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३२ नमुना परीक्षण गर्दा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३२१ पुगेको छ।
यस्तै हालसम्म ६८६ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १६ लाख ६० हजार ७५ जनाको पीसीआर परिक्षण भएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ कोरोना संक्रमित थपिएका छन् ।
यस्तो छ मन्त्रालयको तथ्यांकः
Facebook Comment