सबैभन्दा बढि कर बुझाउने २ दर्जन करदाता सम्मानित हुने
काठमाडौं। आन्तरिक राजश्व विभागले विभिन्न विधामा सबैभन्दा बढि कर बुझाउने करदाताहरुलाई समान्न गर्ने भएको छ। कर दिवसको अवसरमा मंसिर १ आयोजित कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गर्नेछ।
यसवर्ष उत्कृष्ट करदातामा व्यक्तिगततर्फ विजयकुमार शाह रहेका छन्। जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष रहेका शाहाले गतवर्ष सबैभन्दा बढी आयकर तिरेका छन्।
पछिल्लो ४ वर्षदेखि व्यक्तिगत आयकर तर्फको सम्मान सिद्धार्थ शमशेर राणाले पाउदै आएका थिए।
कम्पनी तर्फ भने बढि कर तिर्नेमा सुर्य नेपालले सम्मान पाउने भएको छ। यसैगरी वाणिज्य बैंकमा नबिल बैंक र बीमातर्फ नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा बढी कर तिरेको छ।
विभागले सम्मान गर्न लागेका उत्कृष्ट करदाता निम्न छन्ः
प्रतिक्रिया
Facebook Comment