कोरोनाको महामारीमा सरकारको उपस्थिति शून्य छ भन्ने सुुनेको थिएँ, अहिले भोगेँ
म सामाजिक कार्यमा संलग्न व्यक्ति। राजनीति र सामाजिक क्षेत्रमा काम गरेपछि सामाजिक कार्यहरुमा उपस्थिति जनाउनु स्वभाविक नै हो।
कोरोनाको महामारी सुरु भएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र नेपाल सरकारको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी प्रोटोकल सम्बन्धि नियमहरुको नियमित पालना गर्दैै सामाजिक कार्यमा सहभागि भइयो।
कतिपय कार्यक्रम त डिजिटल नै भए। जो भौतिक रुपमा उपस्थिति हुनुपर्ने कार्यक्रमहरु थिए त्यहाँ सावधानीका साथ उपस्थित हुने गरेको थिएँ।
कोरोना सचेतना कार्यक्रमहरु र आर्यघाटमा प्राय भौतिक उपस्थ्तिि हुथ्यो। मलाइ यकिन छैन कि यही ठाउँबाट कोरोना संक्रमित हुन पुगियो होला भनेर। तर, असोजको अन्तिम तिर मलाइ समस्या सुरु भयो।
पहिला खोकी लाग्नेबाट सुरु भएको मेरो समस्या स्वाद र गन्ध हराउनेसम्म पुग्यो। मैले अब त कोरोनाको चेकअप गराउनु पर्छ भनेर टेकू अस्पताल पुगेँ। टेकू अस्पतालबाट मलाइ कोरोना पुष्टि भयो। म होम आइसोलेसनमा बसेँ। विषेश गरी लक्षणसहित सुरु भएको भएर होला कुनै कुनै समयमा गाह्रो भएको अनुभव पनि भयो।
सरकारको कोरोना पोजेटिभ भएको रेकर्डमा मेरो नाम दर्ज भयो होला। म पनि संक्रमित यति भन्ने संख्याको गणनामा परेँ हुलाँ। तर, मलाइ सरकारको तर्फबाट फोन आएर कसरी बस्नु भएको छ। कहाँ बस्नु भएको छ, के कस्ता समस्या छन्, जस्ता कुराहरुको खोजी नीति भएन।
यो सरकारले जनताको ज्यू धनको सुरक्षा गर्न सकेको छैन भन्ने कुरा प्रस्ट हुन्छ। कतिपयले आफूमा कोरोना भएपनि चेकजाँच गराएका छैनन्। कतिपय पोजेटिभ भएपनि आफ्नो रोजगारी गुम्ने डरले पचाएर बसेका छन्। उहाँहरुले त्यसो गर्नु पछिको कारण सरकार हो। जनताले आधारभूत मौलिक हक पनि उपयोग गर्न पाएका छैनन्।
म सामाजिक कार्यमा बढी नै सकृय छु। मलाइ सरकारका धेरैले चिन्दछन् पनि। मेरो फेसबुकमा मैले आफू संक्रमित भएको सार्वजनिक गरेपछि पनि सरकारका कोही पनि अधिकारीको फोन मलाइ आएन। वास्तवमा कोरोना महामारीमा सरकारको उपस्थिति त शून्य नै रहेछ।
म पछि मेरो श्रीमती र त्यसपछि छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भयो। कोरोना लाग्दा राजनीति गरेन। कोरोनाले यो पार्टी र उ पार्टी भनेन्। तर, कोरोनासँग लडिरहेको देशको अविभावकले भने राजनीति ग-याे।
राजनीति पनि के भनौं मलाइ मात्र फोन नआएको भए फरक विचारधारा भएर हो कि भन्नु कसैलाई पनि फोन आएन। मेरै घरका ३ जनालाई नै आएन। साथै अन्य मेरा साथीहरुले पनि भन्नु भएको उहाँहरुलाई पनि फोन आएन।
यसरी हेर्ने हो भने सरकार यो अवस्थामा यति लाचार भएर बस्छ होला झैं लागेको थिएन। सरकारले कमसेकम आफ्ना आधारभूत कुरा गरिरहेको छ झैं लाग्थ्यो। हामीले सरकारको आलोचना गर्दा पनि कोरोना महामारीको आधारभूत कुरामा अल्झेको सरकारलाई के आलोचना गरौं भन्ने पनि भयो तर, सरकार आधारभूत कुरामा पनि चुकेको आफूले अनुभव गरेँ।
‘आफू नमरी स्वर्ग देखिन्न’ भने झैं सरकारको जनता प्रतिको उत्तरदायित्वहीन प्रवृति अरु झै मैले पनि भोगेँ। सरकारले मलाइ फोन गरेन भन्ने पीर हैन। सरकारले आफ्नो आधारभूत कुराबाट पनि विमुख भएको देख्दा आश्चार्य लागेको हो।
कोरोना पोजेटिभ देखिएपछि त कम्तिमा कहाँ छ? कसरी बसेको छ? उबाट अरुलाई सर्ने सम्भावना कति छ? जस्ता कुरामा ख्याल नगरेपछि महामारी नियन्त्रणको प्रकृया के छ। राज्यको ढुकुटीबाट पैसा निकालेर आफ्ना नजिकका ठेकेदार तथा कम्पनीहरुलाई बाँढेरमात्र महामारी नियन्त्रण हुन्छ?
मैले १४ दिन, २१ दिन र २८ दिन गरी ३ पटक पुनः चेकअप गराएँ। भौतिकरुपमा र आर्थिकरुपमा मैले के कति समस्या भोग्नु पर्यो त्यसको हिस्सेदार सरकार हुनुपर्छ भन्ने पनि हैन। हामी सक्ने मान्छेले गर्छौं। म त आफै पनि सचेत व्यक्ति भएका कारण हरेक स्टेप स्टेपमा आफूलाई सतर्क राखेँ।
मैले मेरो समूदायमा कोरोना संक्रमण फैलिन दिन हुँदैन भन्ने बुझेको थिएँ। म मेरो घरभित्र ३० दिन बढी बस्दा पनि साथीहरुसँग सरसापट चल्थ्यो र खाएँ। तर, सर्वसाधारणको तर्फबाट यही कुरा मैले सोच्दा उहाँहरुको हालत के होला?
के सबै कोरोनाका संक्रमितहरु म जस्तै ३० दिन लामो संक्रमणकाल आफ्नो घर भित्र गुजार्न सक्छन होला? के उहाँहरुलाई मैले झैं ४ पटक चेकजाँच गर्न सम्भव छ? पक्कै पनि कोरोनाको संक्रमण फैलाउन सरकारको हात छ भन्ने कुरामा दुई मत नै छैन।
यो सरकारले जनताको ज्यू धनको सुरक्षा गर्न सकेको छैन भन्ने कुरा प्रस्ट हुन्छ। कतिपयले आफूमा कोरोना भएपनि चेकजाँच गराएका छैनन्। कतिपय पोजेटिभ भएपनि आफ्नो रोजगारी गुम्ने डरले पचाएर बसेका छन्। उहाँहरुले त्यसो गर्नु पछिको कारण सरकार हो। जनताले आधारभूत मौलिक हक पनि उपयोग गर्न पाएका छैनन्।
सरकारसँग हामी सबै जनता परिचित भएकाले अब आफैं सतर्क हुनुको विकल्प छैन। महामारी नियन्त्रणमा हामी जनता आफैं जाग्नुको अर्को विकल्प नभएकाले स्वास्थ्य सम्बन्धि प्रोटोकलहरुलाई जहिले पालना गरौं। रोग लुकाएर नबसौं। चेकजाँच गरौं। आफू बचौं र अरुलाई बचाउँ भन्न चाहन्छु।
कुनै कारण तपाई संक्रमित हुन पुग्नु भयो भने हाम्रै प्राकृतिक जडिबुटीहरु बेसार पानी, अदुवा, मरिच, गेडागुडीको झोल तातो पानी खाली नै नगर्नुहोस्। गला सुख्खा हुन दिन नहुने रहेछ।
आचार्यसँग डिसी नेपालका तर्कबहादुर थापाल गरेको कुराकानीमा आधारित
Facebook Comment