सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छः मन्त्री श्रेष्ठ

डिसी नेपाल
९ मंसिर २०७७ २२:४६

मोरङ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने बताएका छन् ।

विराटनगरमा आज साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै मन्त्री श्रेष्ठले नेपाली जनताले पाँच वर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुनेछ बताएका हुन् ।

मन्त्री श्रेष्ठले मुुलुुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जनताले पार्टीलाई दुुई तिहाई नजिकको जनादेश दिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पूर्ण अवधिसम्म चल्ने बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *