आज मंसिर १० गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नसहाेस् आजकाे राशिफल
आज वि.सं.२०७७ साल मंसिर १० गते, बुधबार । सन् २०२० नोभेम्बर २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । एकादशी तिथि । चन्द्रमा मीन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः३३ मिनेट र सूर्यास्त बेलुकी ५ः६ मिनेटमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा बाधा हुनेछ । आर्थिक क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषि खाद्यान्नबाट आम्दामी हुनेछ । व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पत्ति जोहो हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) भोगविलासको मोह जाग्नेछ । व्यापारमा लाभ पाइनेछ । लक्ष्य अनुसार काम हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) क्षमताको राम्रो कदर हुनेछ । राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) रमाइलोमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) प्रेममा खुशी बढ्नेछ । पारिवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) विरोधीले बाटो छोड्दिनेछन् । खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा समय जानेछ । कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त नै वैरी भैदिनेछन् । तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानो यात्रा गर्नुपर्नेछ । भातृ सुख मिल्नेछ । व्यापारमा प्रगति थपिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मित्रबाट सहयोग मिल्नेछ । उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।
Facebook Comment