पाकिस्तानमा नपुंसक बनाइनेछन् बलात्कारका दोषी, यी देशमा पहिल्यै छ मुटु काँप्ने सजाय
काठमाडौं। बलात्कारीलाई कडा सजाय दिएर बलात्कारका घटनालाई निरुत्साहित गर्नुपर्ने माग विश्वभरी उठिरहेका बेला छिमेकी देश पाकिस्तानले यस विषयमा कठोर निर्णय गरेको छ । पाकिस्तानमा अब बलात्कारका दोषीलाई रासायनिक प्रक्रियाबाट नपुंसक बनाइनेछ । मंगलबार प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नयाँ कानुनलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
सुइ लगाएर नपुंसक बनाउने प्रक्रियालाई मेडिकल भाषामा केमिकल कास्ट्रेसन अर्थात रासायनिक बन्ध्याकरण भनिन्छ । यो एक मेडिकल प्रक्रिया हो । यो प्रक्रियामा व्यक्तिलाई यस्तो सुई लगाइन्छ जसले त्यो व्यक्तिको यौन क्षमता समाप्त पारिदिन्छ । यो इन्जेक्सनले व्यक्तिको हर्मोनमा असर गर्छ र उसको यौन क्षमता समाप्त हुन्छ । पाकिस्तानमा मात्र नभइ अन्य केही देशमा पनि बलात्कारीलाई निकै डरलाग्दो सजायको व्यवस्था गरिएको छ ।
उत्तर कोरियामा बलात्कारीको लागि निकै कठोर सजायको व्यवस्था छ । यहाँ बलात्कारीलाई सिधै टाउकोमा गोली हानेर मृत्युदण्ड दिइन्छ । मृत्युदण्डको सजाय कुनै बन्द कोठामा होइन सार्वजनिक ठाउँमा दिइन्छ । सार्वजनिक ठाउँमा ठूलो संख्यामा सर्वसाधारणले बलात्कारीलाई सजाय दिएको हेर्न पाउँछन् । सबैको अगाडि बलात्कारीलाई टाउकोमा गोली हानेर मारिन्छ ।
साउदी अरेबियामा पनि बलात्कारीलाई निकै कठोर सजायको व्यवस्था छ । यहाँ इस्लामिक शरिया कानुनअनुसार सजाय दिइन्छ । साउदीमा बलात्कारीलाई उसको अपराधको प्रकृति हेरेर फरक फरक सजायको व्यवस्था छ । यहाँ बलात्कारीलाई फाँसीमा झुण्ड्याउने, टाउको छिनाउनेदेखि गुप्तांग काटिदिनेसम्मको सजायको व्यवस्था छ । यहाँ बलात्कार मात्र नभइ अन्य केही अपराधको लागि पनि मृत्युदण्डको व्यवस्था छ ।
पोल्याण्डमा बलात्कारीलाई जंगली सुँगुरले टोकाएर मार्ने कानुन छ । यसबाहेक यहाँ अर्को कानुनी व्यवस्था पनि छ । यो कानुनअनुसार दोषीलाई जीवनभरको लागि नपुंसक बनाइन्छ । चीनमा बलात्कारीलाई फाँसीको सजायको व्यवस्था छ । चीनमा बलात्कारको मुद्दामा अदालती प्रक्रिया पनि निकै छिटो हुन्छ । यहाँ मेडिकल जाँचमा बलात्कारको पुष्टि भए सिधै फाँसीमा झुण्ड्याइन्छ ।
इस्लामिक देश इराकमा बलात्कारीलाई अलग्गै तरिकाले निकै कठोर सजाय दिइन्छ । यहाँ बलात्कारीलाई ढुंगाले हानीहानी उसको हत्या गरिन्छ । अपराधीलाई त्यतिबेलासम्म लगातार ढुंगाले हानिन्छ जबसम्म ऊ मर्दैन । अपराधीले सजिलो तरिकाले मृत्यु नपाओस् र मृत्युसम्म पुग्दा पनि कठोर यातना सहनु परोस् भनेर यस्तो गरिन्छ ।
इण्डोनेसियामा बलात्कारीलाई नपुंसक बनाउने कानुन छ । कैयौं मुद्दामा यहाँ बलात्कारीको गुप्तांग काटिन्छ त्यसपछि उसको शरीरमा महिलाको हर्मोन हालिन्छ । अमेरिकामा सामान्यतया बलात्कारीलाई आजीवन कारावासको सजाय सुनाइन्छ । तर, क्यालिफोर्निया, फ्लोरिडा, जर्जिया, लोभा, लुसियाना, मोन्टाना, ओरेगन, टेक्सास जस्ता केही राज्यमा केमिकल वा सर्जिकल तरिकाले नपुंसक बनाउने सजाय पनि दिइन्छ ।
Facebook Comment