विश्वमा कोरोना : संक्रमितकाे संख्या ६ करोड नाघ्याे, १४ लाख भन्दा बढीकाे मृत्यु
काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड पार भएको छ। ती मध्ये १४ लाखको मृत्यु भइसकेको छ। पछिल्ला दिनको कोरोना तीव्र गतिमा फैलिइरहेको छ। सेप्टेम्बरसम्म विश्वभर दैनिक ३ लाखसम्म संक्रमित भेटिने गरेका थिए, तर अहिले दैनिक ६ लाखभन्दा धेरै संक्रमित थपिने गरेका छन्।
अमेरिका, ब्राजील, फ्रान्स तथा रुससहित ५४ देशमा कोरोनाको दोस्रो लहर सुरु भएको छ। त्यसको सबैभन्दा धेरै अमेरिका, युरोप र एशियाली मुलुकमा परेको छ। भारतमा पनि दोस्रो लहरको असर सुरु भएको छ। विगत तीन दिनमा भारतमा निको हुने संक्रमितको संख्या बढेको थियो।
तर अहिले फेरि संक्रमितको दर बढ्न थालेको छ।
१७ नोभेम्बर २०१९ मा चीनको वुहान शहरमा ५५ वर्षीय एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। १७ नोभेम्बर देखि ३१ नोभेम्बरसम्म तीनमा कन्तिमा पनि ५६६ जना कोरोनाको चपेटामा आएका थिए।
२०२० को शुरुवातमा विश्वका कयौं देशमा कोरोना फैलिइसकेको पुष्टि भएको थियो। २३ जनवरीमा चीनको वुहान शहर पूरै बन्द गरियो। त्यहाँ बस्ने सबै मानिसलाई आइसोलेट गरिएको थियो। २१ जनवरीमा अमेरिका, २४ मा फ्रान्स, ३० जनवरीमा भारत र ३१ जनवरीमा इटलीमा पहिलो केश पुष्टि भएको थियो। ३० जनवरीमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वास्थ्य संकटकाल घोषणा गरेको थियो।
Facebook Comment