भारतीय विदेश सचिव श्रृंगलाले नेपालीमा भने-भारत-नेपाल निकटतम् मित्र हुन्
काठमाडौं। भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपालको दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आएका छन्। बिहीबार विहान १० बजेर ४० मिनेटमा काठमाडौं अवतरण गरेका विदेश सचिव श्रृंगलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग नेपालीमा मजाले कुरा गरे।
उनले आफू यसअघि पनि नेपाल भ्रमणका आएको तर विदेश सचिवको रुपमा भने पहिलो भ्रमण भएको उल्लेख गरे। उनले नेपाल र भारत निकट मित्र रहेको उल्लेख गर्दै नजिकको मित्रतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा आफ्नो भ्रमण केन्द्रित रहने बताए।
उनले आजै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी पनि दिए।
न्यानो स्वागत र हार्दिकताको लागि धन्यबाद @PaudyalBR !
विदेश सचिव @harshvshringla र @PaudyalBR काठमाडौं आइपुगे पश्चात् स्थानीय मिडियासँग कुराकानी गर्दै #IndiaNepalFendership @MEAIndia @PMOIndia pic.twitter.com/RYVZZCA45k— IndiaInNepal (@IndiaInNepal) November 26, 2020
विदेश सचिल श्रृंगलाको भनाइको संपादित अंश
नेपालमा आएर मलाइ अत्यन्तै खुशी लागेको छ। म यसअघि पनि काठमाडौं आएको थिएँ। तर विदेश सचिवको रुपमा यो मेरो पहिलो भ्रमण हो। भारत र नेपाल निकटतम मित्र हुन्। आज मेरो बैठकहरु हुन्छन्।
बैठकमा यो नजिकको मित्रतालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्छौं। पहिलो बैठक परराष्ट्रमन्त्रीसँग हुन्छ। त्यसपछि उच्चस्तरीय बैठक हुन्छन्। भोलि म नेपाल भारत मैत्रीका विषयमा प्रवचन दिन्छु।
भोलि म गोरखा जान्छु। गोरखामा ५० हजार घर बनाउने हाम्रो प्रतिवद्धता थियो। ४० हजार घर बनिसकेको छ। हाम्रो प्राथमिकता शिक्षामा पनि छ। तीनवटा स्कुल हामीले पुनर्निर्माण गरेका छौं।
Facebook Comment