बर्दिवास घटनाः गृहले बनायो तीन सदस्यीय छानबिन समिति

डिसी नेपाल
११ मंसिर २०७७ २१:१६

काठमाडौँ । गृह मन्त्रालयले महोत्तरीको बर्दिवासमा प्रहरीको गोली लागेर एक व्यक्ति मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ।

बर्दिवास नगरपालिका १४, महोत्तरीका शहीद आलमकी छ वर्षीया छोरी गुलाब साह खातुनको सोमबार मध्यराति बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा शव भेटिएकोे थियो। खातुनको हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा स्थानीय बुद्धिराज (सञ्जय) न्यौपानेको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको उपचारका क्रममा काठमाडौं मृत्यु भएको थियो।

घटनापछि प्रदर्शन जारी रहेपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबीच बालिकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, आन्दोलनका क्रममा मंगलबार मृत्यु भएका बुद्धिराज न्यौपानेको परिवारलाई क्षतिपूर्ति दिने, घटनाका दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मृतकलाई सहिद घोषण गर्ने चार बुँदे सहमति भएको थियो। आन्दोलन रोकिएसँगै गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको हो।

उपसचिवको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *