काम छाेडेर घुम्न हिँडेपछि एक दर्जन डिआइजीको सरुवा
काठमाडौं। गृहमन्त्रालयले सशस्त्र प्रहरी बलका डिआईजीहरुको विहिबार राती सरुवा गरेको छ। सशस्त्र प्रहरीका एक दर्जन डिआईजीहरुको सरुवा भएको गृह मन्त्रालयले स्रोतले जनाएको छ।
अवकाशमा जान लागेका डिआइजीहरुलाई मूख्यालय तानेर अन्यलाई फिल्डमा पठाएको छ। सरुवा हुनेमा ७ नम्वर वैद्यनाथ वाहिनी अत्तरियामा डिआईजी प्रविण श्रेष्ठ, ९ नम्वर उपत्यका वाहिनीमा डिआईजी राजु अर्याल, ४ नम्वर मुक्तिनाथ वाहिनी पोखरामा नारायणदत्त पौडेल र २ नम्वर छिन्नामस्ता वाहिनीमा चन्द्रप्रकाश गौतमको सरुवा भएको छ।
त्यसैगरी ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतमा कामु बाहिनीपतिको जिम्मेवारी एक जना एसएसपीलाई दिइएको छ। डिआईजी खड्क राईको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ। गृहमन्त्रालयले एक नम्बर बाहिनी, पाँच नम्बर बाहिनी र तीन नम्बर बाहिनीको बाहिनीपतिको भने एक वर्ष नपुगेको कारण सरुवा नगरेको बताइएको छ।
३० वर्षे सेवाअवधीको कारण डिआईजीहरु हरिशंकर बुढाथोकी,केबी ब्रहमाचार्य, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी मंसिर २८ मा अनिवार्य अवकासमा जान लागेकाले उनीहरुको सरुवा भएको हो। अवकाशमा जानुअघि उनीहरु घुमघाममा लागेको कारण पनि उनीहरुलाई मुख्यालयमा तानिएको स्रोतको दावी छ।
‘उहाँहरु मुख्य कामभन्दा पनि घुमघाममा लागेको देखियो त्यही भएर मुख्यालय तानेर अन्य डिआइजीलाई त्यहाँ पठाइएको हो’, मुख्यालय स्रोतले भन्यो। प्रदेशका डिआइजीहरु अनुगमनका नाममा सपरिवार घुमघाममा निस्किएपछि उनीहरुलाई मुख्यालय तानिएको हो।
Facebook Comment