एफएनसीसीआइ निर्वाचन : चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा

डिसी नेपाल
१३ मंसिर २०७७ १३:०१

काठमाडाैं। यतिबेला निजी क्षेत्रको सबैभन्दा ठूलो र शक्तिशाली छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन भइरहेको छ। निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासीद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्ना प्यानलसहित चुनावी मैदानमा छन्।

विगतमा एसोसिएट, जिल्ला/नगर र वस्तुगत समूहको चुनाव एकै ठाउँमा हुन्थ्यो। तर, यसपटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै भिडभाड कम गर्न छुट्टाछुट्टै ३ ठाँउमा मतदान चलिरहेको छ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार शनिबार बिहान आठबजे देखि साँझ ४ बजेसम्म मतदान कार्यक्रम तय भएअनुसार मतदान भइरहेको छ। वस्तुगत समूहको निर्वाचन महासंघको सचिवालय टेकुमा हुँदैछ भने जिल्ला/नगरको प्रज्ञा प्रतिष्ठान र एसोसिएटको कार्की ब्यांक्वेट बबरमहलमा मतदान हुँदैछ। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्छन्। सोही व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन्। शनिबार वरिष्ठ उपाध्यक्षदेखि तलका पदहरूमा निर्वाचन हुँदैछ।

निर्वाचन समितिका अनुसार ६४ पदका लागि दुईवटा प्यानलबाट एक सय २३ जनाको उम्मेदवारी परेको छ। तीमध्ये महिलाको संख्या पाँच छ, जुन कुल उम्मेदवारको ६ प्रतिशत मात्र हो। यसपटकको साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल र किशोर प्रधान, वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ तथा एसोसिएटका उपाध्यक्ष उम्मेदवार सौरभ ज्योति तथा रामचन्द्र संघाई, जिल्ला/नगरका उम्मेदवार गुणनिधि तिवारी र दिनेश श्रेष्ठ रहेका छन्।

खासमा, महासंघको साधारणसभा र निर्वाचन गत चैत अन्तिम साता नै हुनुपर्ने थियो। तर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि निर्वाचन ८ महिनापछि हुँदैछ। यसपटक उम्मेदवारहरूले मतदातासँग भोट माग्न अनलाइन प्लेटफर्म प्रयोग गरिरहेका छन्।

फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल व्यवसायीको चुनावमय देखिन्छन्। उम्मेदवारहरूले देशभरका मतदाता व्यवसायीसँग ह्वाट्सएप, जुम, भाइबर, फेसबुक म्यासेन्जर, इमोलगायतबाट भिडियो कल गर्दै भोट गर्न र आफुलाई जिताउन अनुरोध गरिरहेका छन्। निर्वाचन समितिका अनुसार कोरोना संक्रमित मतदाताका लागि मतदान गर्न छुट्टै बुथ बनाइएको छ।

महासंघले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार जिल्ला/नगर समूहतर्फ १८ कार्यकारिणी सदस्यका लागि ३८ जना मैदानमा छन्। यस्तै, एसोसिएटतर्फ १९ कार्यकारिणी सदस्यका लागि ३१ र वस्तुतगत संघतर्फ १४ पदका लागि २८ जनाले उम्मेदवारी दिएका छन्।  महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवार प्रदेश–१ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन्।

यस्तै, वस्तुगत समूहतर्फ एक सय एक जिल्ला/नगर संघतर्फ मतदाता सूचीमा एक सय पाँच उवासंघका प्रतिनिधि छन्। मतदान गर्न पाउनेमा प्रदेश–१ बाट २२, २ बाट १२, बागमतीबाट १६, गण्डकीबाट १३, लुम्बिनीबाट २२, कर्णालीबाट १० र सुदूरपश्चिमबाट १० वटा संघ छन्। यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ ६ वटा छन्।

ढकाल प्यानलबाट जिल्ला/नगर संघतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत संघतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई उम्मेदवार छन्। यस्तै, प्रधान प्यानलबाट जिल्ला/नगर संघतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत संघतर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति उम्मेदवार छन्।

ढकाल समूहको वस्तुगततर्फ कार्यकारिणी समिति सदस्यमा भक्त हमाल, सुबोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, हेमराज ढकाल, कमला श्रेष्ठ, आकाश अधिकारी, जयप्रसाद शिवाकोटी, सुवास भण्डारी, प्रकाशसिंह कार्की, हरि कार्की र सूर्यबहादुर मगर उम्मेदवार छन्।

प्रधान प्यानलको वस्तुगततर्फ कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, अशोक शर्मा, गोविन्द ढुंगेल, दीपकप्रसाद दाहाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, रविन पुरी, विप्लवमान सिंह, विष्णुप्रसाद गैरे, शकुन्तलाल हिराचन, शारदा रिजाल, शिवप्रसाद घिमिरे, सन्दीपकुमार अग्रवाल र सुनीलगोपाल श्रेष्ठ उम्मेदवार छन्।

ढकाल प्यानलको एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा रामशरण थपलिया, अम्बिकाप्रसाद पौडेल, देशबन्ध बस्नेत (अजित), विनोद ढकाल, भरत आचार्य, गोपाल खनाल, सुशील थापा, बाबुकाजी कार्की, कृष्णलाल महर्जन, विराट थापा, सञ्जय गिरी, अविनाश बोहरा, रेखा घिमिरे, वासुदेव गौतम र रामकृष्ण प्रसाईं छन्।

यस्तै, प्रधान प्यानलको एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा विजयसिंह वैद्य, रञ्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनीलनारायण श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, प्रबलजंग पाण्डे, शैलेन्द्र गुरागाईं, मदनलाल जोशी, हेमन्त गोल्छा, शक्ति बेगानी र उदीप श्रेष्ठ उम्मेदवार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *