थप १३८० जनामा कोरोना पुष्टि, ५१५ डिस्चार्ज

काठमाडौं । शनिबार नेपालमा थप १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।
पछिल्लो २४ घण्टामा मात्र ५१५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४५४ पुगेको छ।
यस्तै हालसम्म ६१८ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment