एफएनसीसीआइ निर्वाचनः मतदान सकियो, नतिजा आजै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ ।
निर्वाचनमा शतप्रतिशत मत खसेको र जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन बिहान आठ बजेदेखि सुरु भई अपररान्ह ४ बजे सकिएको हो ।
महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पद सहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । कुल मतदाता एसोसिएट तर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेका थिए ।
मतदान सकिएर मतगणना सुरु भइसकेकाे छ । नतिजा भने आजै रातीसम्म आउने अनुमान गरिएको छ । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने छन् ।
Facebook Comment