एफएनसीसीआइ निर्वाचनः ६ जना प्रदेश सदस्यको र वस्तुगततर्फको मतपरिणाम सार्वजनिक
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत प्रदेशका कुल ६ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जनामध्ये ६ जनाको मतपरिणाम आएको हो ।
यस्तै वस्तुगततर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ ।
प्रदेश १ बाट राजेन्द्र राउत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । प्रदेश २ बाट विजयकुमार साहले १२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद साहको शून्य मत आएको छ । यस्तै वाग्मती प्रदेशको मतगणना हुन बाँकी रहेको छ ।
लुम्बिनी प्रदेशबाट जमसेद मियाँ १२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमराज बञ्जाडेले ९ मत ल्याएका छन्। गण्डकी प्रदेशबाट बाबुराम गिरीले ९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत ल्याएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुमार ८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले २ मत ल्याएका छन् । यस्तै कर्णाली प्रदेशबाट लालीमान बुढा ७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ३ मत ल्याएका छन् ।
वस्तुगततर्फ अरनिको राजभण्डारी, आकाश अधिकारी, गोविन्द ढुंगेल, नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।
यस्तै प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । यसैगरी सुबोध कुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल निर्वाचित भएका छन् ।
हाल मतगणना जारी रहेको छ ।
Facebook Comment