उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं। निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन्। शनिवार भएको निर्वाचनमा प्रतिद्धन्द्धी किशोर प्रधानलाई हराउँदै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन्।
ढकालले कुल ६३३ मत प्राप्त गर्दा र प्रधानले ४६७ मत ल्याए। जस अन्तर्गत एशोसिएटबाट ढकालले ५२२ र किशोर प्रधानलाई ३७५ मत, वस्तुगततर्फ ढकाललाई ५९ र प्रधानलाई ३९ मत, जिल्ला नगर तर्फ ढकाललाई ५२ र प्रधानलाई ५३ मत प्राप्त भएको छ ।
वरिष्ठ उपाध्यक्षमा विजयी भएसँगै ढकाल शेखर गोल्छापछि महासंघको अध्यक्ष बन्ने पक्का भएको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान छ। यही व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छा अध्यक्ष भएका छन्।
शनिबार राति नै आएको मतपरिणाम अनुसार महासंघको तीन उपाध्यक्षमध्ये प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठले जित हात पारेका छन् भने एसोसिएटतर्फका उपाध्यक्षमा ढकाल समूहकै रामचन्द्र संघाई विजयी भएका छन्।
महासंघको निर्वाचनमा प्रधान र ढकालले प्यानल बनाएका थिए। मत परिणाम भने मिश्रित आएको छ। एसोसिएटतर्फबाट अविनाश बोहोरा, आनन्दकुमार अग्रवाल,कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत,प्रवलजंग पाण्डे, भरतराज आचार्य, रञ्जितराज आचार्य, राजशेकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई सुशील थापा, सञ्जय गिरी। हेमन्त गोल्छा विजयी भएका छन्।
जिल्ला नगरतर्फको कार्यकारी सदस्यहरुमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमलकुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुण समार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमनबहादुर घड्क, शुरकृष्ण बैंद्य, नविरकुमार श्रेष्ठ, डिवी बस्नेत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमिया, किशोरकुमार आचार्य, अमृत भट्टचन रहेका छन्।
त्यस्तै वस्तुगतसमुहबाट कार्यकारीणी समितिमा नरेश लाल श्रेष्ठ, सुमित कुमार केडिया, आकाश अधिकारी, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, हेमराज ढकाल,अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान,मीनमान श्रेष्ठ, विष्णु प्रसाद गैरे, सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन विजयी भएका छन्।
Facebook Comment