दुवै प्रतिवेदन सचिवालयबाटै टुंग्याउने प्रधानमन्त्री ओलीको चाहना, सचिवालयमा बहुमत पु-याउने कसरत

डिसी नेपाल
१५ मंसिर २०७७ ८:०२

काठमाडौं। कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन पेश गरेपछि उत्कर्षमा पुगेको सत्तारुढ दल नेकपाभित्रको विवाद प्रधानमन्त्री ओलीले जवाफी प्रतिवेदन पेश गरेपछि केही मथ्थर हुने अनुमान गरिएको छ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिएपछि दुवै प्रतिवेदनलाई १६ गते बस्ने सचिवालय बैठकमा छलफल गरेर टुंग्याउने गरी प्रयास थालिएको छ।

‘प्रचण्डले कमरेडले लगाएको आरोपपत्रको जवाफ प्रधानमन्त्रीजीले प्रतिवेदनमार्फत दिइसकेपछि अब यी दुवै प्रतिवेदन सचिवालयमा छलफल गरेर टुंग्याउनुपर्छ,’ प्रधानमन्त्री ओली निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘अहिले यी दुवै प्रतिवेदन पार्टीका तल्लो कमिटीसम्म पुर्याउँदा विवाद झन बढ्ने र पार्टी झन संकटमा पर्ने हुन्छ। अब जना पार्टी जोगाउनेतर्फ लाग्नुपर्छ।’

त्यसका लागि ओली समूहले सचिवालयमा बहुमत पुर्याउने कसरत थालेको छ। नौ सदस्यीय सचिवालयमा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न सके बहुमत पुग्ने ओली समूहको विश्लेषण छ। वर्तमान सरकारकै निरन्तरता हुने अवस्थामा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले आफूलाई साथ दिने र गौतमको पनि साथ लिँदा बाहुमत पुग्ने भन्दै गौतमसँग छलफल गर्ने निकर्षमा ओली समूह पुगेको छ।

६ बस्ने सचिवालय बैठकमा दुवै प्रतिवेदनमामाथि सामान्य छलफल गर्ने, मंगलबार छलफल नसकिए बुधबार पनि बैठक राखेर छलफल गराउने र सचिवलाय मै टुंग्याउने तयारी थालिएको हो।

सचिवालयमा बुहमत पुग्ने अवस्थामा दुवै प्रतिवेदन सचिवालयमा नै छलफल गरेर टुंग्याउन सकिने र त्यसो गर्दा पार्टी भित्रको विवाद समाधान गर्न सहज हन विश्लेषणका साथ त्यसको तयारीमा लागेको स्रोतले बतायो।

१६ बस्ने सचिवालय बैठकमा दुवै प्रतिवेदनमामाथि सामान्य छलफल गर्ने, मंगलबार छलफल नसकिए बुधबार पनि बैठक राखेर छलफल गराउने र सचिवलाय मै टुंग्याउने तयारी थालिएको हो।

दुवै अध्यक्षले पेश गरेका प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटीमा पुगे त्यहाँ आफू अल्मतमा परिने र विवाद झन झाँगिने प्रधानमन्त्री ओली समूहको बुझाइ छ।

तर प्रचण्ड–माधव नेपाल समूहले भने प्रधानमन्त्री ओलीलाई दुई मध्ये एक पद छोड्न लगाउने अहिले उचित समय भएको भन्दै दुवै प्रतिवेदनलाई तल्लो कमिटीसम्म लैजाने तयारीमा छन्।

यसअघि प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिवेनदलाई पुस्तकको रुपमा छपाइ गरी कार्यकर्तासम्म्म वितरण गरेको प्रचण्ड–नेपाल समूहले अहिले दुवै प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म लैजाने तयारी गरेको छ।

लामो रस्साकस्सी र विवादबीच अहिले नेकपाभित्र दुई गुट प्रष्ट देख्न सकिन्छ। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड आन्तरिक स्वार्थको लडाइँमा केन्द्रित भएपछि पार्टी फुटको संघारमा पुगेको भन्दै कार्यकर्ताले खबरदारी पनि गरिरहेका छन्। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बढेको दूरीले दुर्घटना बढ्ने भन्दै कार्यकर्ताले चिन्ता जनाइरहेका छन्।

पार्टीभित्र अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् भने सचिवालयको बहुमत सदस्य अध्यक्ष प्रचण्डको पक्षमा रहँदा प्रधानमन्त्री ओली पनि बहुमत पु-याउने  कसरतमा छन्।

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्। अध्यक्ष दाहाल खेमाका गृहमन्त्री बादल पार्टी एकताको पक्षमा भन्दै ओली कित्तामा पुगेका हुन्। उनलाई फर्काउन अध्यक्ष प्रचण्डले प्रयत्न गरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *