थप १४७४ जनामा कोरोना पुष्टि, मृतकको संख्या १५ सय नाघ्यो

काठमाडौं । सोमबार नेपालमा थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ९३१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५०८ पुगेको छ।
यस्तै हालसम्म ५३५ जना क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment