छलफल र बहसले पार्टीलाई नै फाइदा पुग्छ : मन्त्री पुन
रोल्पा । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताएका छन्।
रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले भने, ‘‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नु पर्दैन। पार्टीलाई थप बलियो बनाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ।’’
उनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेकोसमेत बताए। ऊर्जामन्त्री पुनले भने, “दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ।”
वर्तमान सरकार उज्यालो नेपाल बनाउने अभियानमा लागेको बताउँदै उनले सो सबस्टेसन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुने बताए। मन्त्री पुन रोल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ। रासस
Facebook Comment